• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर जाँदै गरेको विङ्गरबाट खसेर दानसिंहको मृत्यु

महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर जाँदै गरेको विङ्गरबाट खसेर दानसिंहको मृत्यु


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • १:०३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ज २०९० नंको विङ्गरबाट खसेर सहचालक भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो । विङ्गरको ढोकाको लक खुल्न जाँदा बुडाल सडकमा खस्दा टाउकामा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पु¥याइएको थियो ।

    अस्पतालमा उपचारका क्रममै बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । विङ्गर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन् । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पाल धनगढीमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend