बाजुरामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा एक प्रहरी घाइते — OSNepal

बाजुरामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा एक प्रहरी घाइते

LC (KTM) October 06, 2021 0

सुदूरपश्चिम, १९ असोज – नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताउनुभयो । घाइते प्रहरीको अवस्था समान्य छ ।

वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजै राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिनुभयो । कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर