चर्चित हिन्दी धार्मिक टिभी सिरियल “रामायण” का रावणको निधन, शोकमा बलिउड — OSNepal

चर्चित हिन्दी धार्मिक टिभी सिरियल “रामायण” का रावणको निधन, शोकमा बलिउड

LC (KTM) October 06, 2021 0

एजेन्सी-हिन्दी धार्मिक सिरियल “रामायण” का रावणको ८२ वर्षको उमेरमा निधन भएको छ । रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविंद त्रिवेदीको निधन भएको भारतिय मिडियाले जनाएका छन् । त्रिवेदीको गएराती मुम्बइमा हृदयघातबाट निधन भएको समाचारमा जनाइएको छ ।

उनी लामो समय देखी बिरामी परेका थिए । मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्ष भन्दा लामो समय सेवा गरे । त्रिवेदीको रावणको भूमिका भने अतुलनीय रहेको छ । उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिंदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर