शिव परियारको पिउन सुरु गरेपछि — OSNepal

शिव परियारको पिउन सुरु गरेपछि

LC (KTM) October 06, 2021 0

“पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडैनै बजारमा ल्याउँदैछ ।

मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा सोमबार उक्त गितको छायाङ्कन सम्पन्न भएको छ ।

यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।

मिडिया हब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर