फिलिपिन्समा पूर्वतानाशाहका छोराले राष्ट्रपतिमा उम्मेदवारी दिने — OSNepal

फिलिपिन्समा पूर्वतानाशाहका छोराले राष्ट्रपतिमा उम्मेदवारी दिने

LC (KTM) October 06, 2021 0

एजेन्सी – फिलिपिन्समा आगामी वर्ष हुने निर्वाचनमा पूर्वतानशाह फर्डिनान्ड म्याक्रोसका छोराले राष्ट्रपतिको उम्मेदवार दिने घोषणा गरेका छन् । फर्डिनान्ड म्याक्रोस जुनियरले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोाषणा गरेका हुन् । बङबङ नामलेसमेत चिनिने म्याक्रोसले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सो जानाकारी दिएका हुन् ।

६४ वर्षीय म्याक्रोस वर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका साथीसमेत हुन् । म्याक्रोसका बाबुले फिलिपिन्समा २० वर्षसम्म शासन गरेका थिए । उनलाई सन् १९८६ मा सत्ताच्युत गरिएको थियो । आफ्नो दोस्रो कार्यकाल समाप्त हुन एक वर्ष बाँकी हुँदा म्याक्रोसले सन् १९७२ मा फिलिपिन्सलाई मार्शल कानुन लागू गरेर तानाशाही शासन सञ्चालन गरेका थिए ।

उनले संसद विघटन गरिदिए, राजनीतिक प्रतिद्धन्द्धीलाई पक्राउ गर्ने आदेश दिए र फिलिपिन्समा विभिन्न आदेश र अध्यादेशका भरमा सत्ता चलाए । उनको शासनकालमा धेरै मानिसको गैरन्यायिक हत्या हुनुका साथै बिरोधीमाथि चरम यातना दिइएको थियो ।

अन्त्यमा सेनाको समर्थन रहेको ‘जनआन्दोलन’ ले उनलाई सत्ताच्युत गरेको थियो । हवाईमा निर्वासनमा रहेका बेला सन् १९८९ मा उनको मृत्यु भएको थियो । मार्कोस जुनियर पूर्वराष्ट्रपतिका एक मात्र छोरा हुन् ।

उनी सन् २०१० देखि सन् २०१६ सम्म सिनेटर थिए । सन् २०१६ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएका थिए ।

यसअघि फिलिपिन्सका राष्ट्रपतिकी छोरीले पनि आफ्नो उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । एक कार्यकाल पूरा गरेपछि लगातार अर्को पटक राष्ट्रपतिको उम्मेदवारी दिन फिलिपिन्सको कानुनले रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर