भारत जोगवनीबाट नेपालतिर आउँदै गरेको मारुती भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद — OSNepal

भारत जोगवनीबाट नेपालतिर आउँदै गरेको मारुती भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद

LC (KTM) October 06, 2021 0

काठमाडौं २० असोज । भारतबाट नेपालतिर ल्याँउदै गर्दा प्रहरीले मानव अंग बरामत गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले भारत जोगवनीबाट नेपालतिर आउँदै गरेको को २ च ९६४८ नम्बरको मारुती भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद गरेको हो ।

सोमबार राति फेला परेको उक्त वस्तुको अनुशन्धानबाट मानव अंग भएको खुल्न आएको हो । प्रहरीले विराटनगर महानगरपालिका–१७ बस्ने चालक विनोद राय र अर्का झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई भने नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भीक अनुशन्धानले शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने अनुमान गरेको छ । तथापी यो केका लागि कहाँ लैजान लागेको स्पष्ट नभएको जनाएको छ ।

पक्राउ परेका दुर्व जना भरिया हुन सक्ने र उनीहरुले काठमाडौं सम्म लैजान लागेको जानकारी दिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर