दँशैका मुखैमा दहमा खसेर नुहाउन गएका २२ वर्षिय शेखरको चिप्लिए पछि लडेर ज्यान गयो — OSNepal

दँशैका मुखैमा दहमा खसेर नुहाउन गएका २२ वर्षिय शेखरको चिप्लिए पछि लडेर ज्यान गयो

LC (KTM) October 06, 2021 0

उदयपुर, २० असोज-उदयपुरको बेलका नगरपालिकास्थित आन्तरिक पर्यटकीय स्थल भुतिया दहमा डुबेर एक युवकको ज्यान गएको छ । पर्यटकीय स्थल घुम्न आएका ती युवकको पौडी खेल्ने क्रममा डुबेका हुन् । बेलका नगरपालिका– ५ मा रहेको भुतिया दहसँगैको झरनामा नुहाउने क्रममा खुट्टा चिप्लिएर दहमा खसेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएका छन् ।

दहमा डुबेर मोरङ सुन्दरहरैचा नगरपालिका– ४ बलियाका २२ वर्षीय शिखर सिलवालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।दहमा डुबेका सिलवाललाई प्रहरीको सहयोगमा ५ घण्टापछि निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर