भोलिबाट शुरु हुने नवदुर्गा पूजाका लागि नेपाल आर्मीले सरसफाइ गरे बाराही मन्दिर — OSNepal

भोलिबाट शुरु हुने नवदुर्गा पूजाका लागि नेपाल आर्मीले सरसफाइ गरे बाराही मन्दिर

LC (KTM) October 06, 2021 0

भोलिबाट शुरु हुने नवदुर्गा पूजाका लागि नेपाल आर्मीबाट पोखराको फेवातालस्थित बाराही मन्दिर सरसफाइ गरिँदै ।

आवासीय घरमा पेट्रोल पम्प !-गलकोट – बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन ।

बजारको न्यू धौलागिरि इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी बिक्री वितरण थालेको छ । पेट्रोल पम्पमाथि होटल पर्वसमेत सञ्चालन गरिएको छ । यो आफैमा जोखिमपूर्ण हुने सरोकारवाला बताउँछन् । सुरुमा छाप्रोबाट सञ्चालनमा आएको पम्प अहिले आवसीय घरमा सारिएको छ ।

मापदण्ड अनुसारको घर निर्माण नगरेको र आवासीय घरमा पेट्रोल पम्प राखेपछि भवन पास नगरिएको नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारीदिनुभयो । “आवासीय घर बनाउन अनुमति दिएका हौं, पछि पेट्रोल पम्प सञ्चालन प्रयोजनमा लाग्नुभयो, हामीले अनुमति नदिएर पटक–पटक पेट्रोलपम्प नराख्न आग्रह गरेका थियौं” उहाँले भन्नुभयो, “पेट्रोल पम्पको मापदण्ड के हो ? त्यो आयल निगमले हेर्ला तर आवासीय भनेर निर्माण गरेको घरमा पेट्रोल पम्प राख्न पाइदैन, अझ होटलनै सञ्चालनमा आएको समेत सुनेका छौं ।”

अहिलेसम्म नगरपालिकाले भवन पास गरेको छैन । नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता, विनियमावली, २०७५ अनुसार बिक्री केन्द्रमा स्थापनाका लागि आवश्यकमापदण्ड अनुसार उक्त पेट्रोल पम्प नरहेको पाइएको छ ।

उक्त पम्प पेट्रोलपम्प स्थानान्तरण गर्दा नयाँ नियमावली २०७५ सक्रिय भए पनि पम्पले पुरानो मापदण्ड अनुसारको भन्दै पम्प स्थानान्तरण गरेको छ । नियमावलीमा नगरपालिकाभित्र जुनसुकै सडक भए पनि ३० मिटर मोहोडा र कम्तीमा दुई रोपनी जग्गा हुनुपर्ने, अण्डरग्राउड ट्याङ्की खुल्ला स्थानमा रहनुपर्ने, ट्याङ्कीमाथि कुनै किसिमको घर, टहरा निर्माण गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

पेट्रोल पम्पलाई आयल निगमले बेला बेलामा अनुगमन गरी मापदण्डमा ल्याउने गर्नुको साटो बेवास्ता गर्दै आएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

उहाँले पेट्रोल पम्प राखेको भवन नगरपालिकाले पास गर्न नसक्ने बताउनुहुन्छ । विक्री केन्द्रका छेउछाउमा पर्खाल लगाएको हुनुपर्ने, विक्री स्थलमा महिला पुरुष शौचालय र पार्किङ लगायतको सुविधा हुनु पर्नेमा उक्त पूर्वाधारको समेत पेट्रोल पम्पमा अभाव रहेको पाइएको छ ।

नगरपालिकाले आवासीय घर भनेर पाँच तलाको अनुमति दिए पनि अहिले उक्त भवन छ तला निर्माण समेत गरिएको छ । पेट्रोल पम्पका सञ्चालक हरिबाबु सापकोटाले आफ्नो पेट्रोलपम्प मापदण्ड अनुसारकै रहेको जिकिर गर्नुभयो ।
विसं २०५१ मा अनुमतिपत्र ल्याएका कारण आफ्नो पेट्रोलपम्प सोही मापदण्ड अनुसारको भएको उहाँको दाबी छ । आफ्नो दुई रोपनी जग्गा भएको र मोहोडाकोसमेत मापदण्ड पुग्ने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर