चलचित्र ‘गणपत’मा सुन्दरी नायिका नोराको इन्ट्री — OSNepal

चलचित्र ‘गणपत’मा सुन्दरी नायिका नोराको इन्ट्री

LC (KTM) May 23, 2021 0

मुम्बई -बलिउड अभिनेता टाइगर श्राफको फिल्म ‘गणपत’ केही समयदेखि चर्चामा छ। यो फिल्ममा टाइगरको साथमा कृति सेनन देखिँदैछिन्। गणपतको निर्देशन विकास बहलले गर्दै छन् भनेयसको निर्माण वासु भगानानीले आफ्नै ब्यानरमा गर्न लागेका हुन्।

फिल्ममा दुई नायिका रहने बताइएको थियो। त्यसमध्ये एक कृति सेननपहिले नै चुनिएकी थिइन् भने दोस्रोको खोजी भइरहेको थियो। हालै अर्की नायिका पनि फाइनल भएको खबर आएको छ। खबरअनुसार नोरा फतेही यो फिल्ममा जोडिएकी छन्। फिल्ममा उनको महत्त्वपूर्ण भूमिका भए पनि कृतिको भन्दा छोटो हुने बताइएको छ। अन्नपुर्ण पोष्टमा खबर छ । कृति फिल्ममा टाइगर श्राफसँग रोमान्स गर्दै देखिने छिन् भने नोराको भूमिकाका बारेमा अहिलेसम्म केही खुलाइएको छैन।

यो फिल्ममा दुवै अभिनेत्रीको रोल दमदार हुनेछ। यसको कथा बक्सिङ रिङको वरिपरिघुम्नेछ। फिल्ममा टाइगर बक्सर बनेका छन्। ‘गणपत’ दुई चरणमा बन्नेछ। फिल्मको नाम यस कारण ‘गणपत’ राखिएको छ कि बक्सर बनेका टाइगर गणपतिका भक्त हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर