संघीयता लौकाको कोपिला होइन मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्दैमा संघीयता कमजोर हुनलाई : सोनल — OSNepal

संघीयता लौकाको कोपिला होइन मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्दैमा संघीयता कमजोर हुनलाई : सोनल

LC (KTM) October 06, 2021 0

जनकपुर — प्रदेश २ मा मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेर प्रदेशको गरिमामाथि प्रश्न उठेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० संसदीय दलका नेता जितेन्द्र सोनल आपत्ती जनाएका छन् ।

मुख्यमन्त्रीको गतिविधिका कारण प्रदेशको गरिमामाथि प्रश्न उठेको बताएका उनले यसको लागि मुख्यमन्त्रीमार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । साइकल खरिद विषयमा मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ यस विषयमा मुख्यमन्त्रीले सुशासन भाषणमा मात्रै नभएर व्यवहारमा देखिपर्ने बताएका छन् ।

‘मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरी अधारमा अख्तियारले छापामारीले संघीयता गुम्दैन ।’ सोनलले भने । मुख्यमन्त्रीको निरीहतामाथि प्रश्न उठेको बताएका उनले ‘कार्यालयको गतिविधि जानकारी नहुनु, मन्त्रालयको विवाद अदालतमा जानु दुर्भाग्य भएको बताएका छन् ।

प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता सोनलले संसदीय समितिले पटक–पटक साइकल खरिदको कागजात माग्दा नदिनुको कारण मुख्यमन्त्रीले प्रस्ट पार्नुपर्ने बताएका छन् ।

‘संघीयता लौकाको कोपिला होइन मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मार्दा संघीयतामाथि कुनै खतरा नभएको दावी गरेका ‘संघीयता लौकाको कोपिला होइन ‘ उनले भने,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर