रामायणका रावण अरबिन्द त्रिबेदीको निधन , रामायणका अन्य यी चर्चित कलाकार जो हामी माझ छैनन् — OSNepal

रामायणका रावण अरबिन्द त्रिबेदीको निधन , रामायणका अन्य यी चर्चित कलाकार जो हामी माझ छैनन्

LC (KTM) October 06, 2021 0

टेलिभिजनको लोकप्रिय शो रामायणमा रावणको भुमीकामा देखिएका कलाकार अरबिन्द त्रिबेदीको निधन भएको छ । अरबिन्द त्रिबेदी लामो समय देखी बिरामी रहेका थिए । उनको ८२ बर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बलिउडका सेलीब्रेटीहरुले गहिरो दुःख ब्यक्त गरेका छन् । आज हामी एकदमै चर्चित शो रामायणका बिभिन्न कलाकारका बारेमा बताउँदै छौ । जसले रामायणमा अलग अलग भुमिका निर्बाह गरेका थिए ।

अरबिन्द त्रिबेदी : रामानन्द सागरको रामायणमा रावण बनेर धेरै दर्शक तथा स्रोताहरुको मनमा ठाउँ बनाउन सफल कलाकार अरबिन्द त्रिबेदीले सधैका लागि यो दुनिया बाट बिदा लिएर गएका छन् । उनको रामायणमा रावणको भुमीका एकदमै फेमस भएको थियो । आज अक्टुबर ६ मा ८२ बर्षको उमेरमा अरबिन्दले अन्तिम श्वास लिएका छन् । साथै उनको भौतिक शरीर हामी माझ नभए पनि उनको कला सबैको मनमा गढेर बसेको छ ।

दारा सिंह : दिग्गज कलाकार दारा सिंहले रामायणमा हनुमानको भुमिका निर्बाह गरेका थिए । उनको यो भुमीकालाई पनि दर्शकले एकदमै मन पराएका थिए । हाल दारा सिंह हामी माझ छैनन् । उनको १२ जुलाई २०१२ मा निधन भएको हो । तर उनको हुनुमानको भुमिका सबैको मनमा रहेको छ । उनी अहिले पनि हामी माझ अमर रहेका छन् ।

बिजय अरोडा : बिजय अरोडा रामायण शो को एक यस्ता स्टार रहेका छन् जो अहिले यस दुनियाँमा रहेका छैनन् । बिजय अरोडाले रामायणमा मेघनाद इन्द्रजीतको रोलमा देखिएका थिए । उनको यो रोल एकदमै जबरजस्त पपुलर भएको थियो । उनको निधन सन् २००७ फेब्रअरी २ मा मुम्बईमा निधन भएको थियो ।

ललिता पवार : हिन्दी फिल्ममा सबैभन्दा खतरनाक सासू तथा एकदमै महसुर अभिनेत्री ललिता पावरले आफ्नो करियरमा कैयौ राम्रा भुमीकाहरु निर्बाह गरेकी छिन् । रामायणमा उनले मन्थरको भुमीका गरेकी थिईन् । उनको यो भुमीकाको सबैले प्रशंसा गरेका थिए । उनको निधन २४ फेब्रअरी १९९८ मा भएको थियो ।

मुलराज रजदा : कलाकार मुलराज रजदाले रामायणमा जनकको भुमीका निर्बाह गरेका थिए । उनले यस भुमीकाका साथ शानदार अभिनय गरेका कारण सबैको मन जितेका थिए । उनको निधन २०१२ मे २३ मा निधन भएको थियो ।

मुकेश रावल : कलाकार मुकेश रावलले रामायणमा बिभिषणको भुमीका निर्बाह गरेका थिए । उनको कुशल अभिनय र शालिन ब्यक्तित्वले सबैको मन जितेको थियो । उनको निधन १६ नोभेम्बर २०१६ मा रेल दुर्घटनामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर