नेपालगन्जका किसानले सामान लान र ल्याउन गर्छन गोरूगाडा प्रयोग — OSNepal

नेपालगन्जका किसानले सामान लान र ल्याउन गर्छन गोरूगाडा प्रयोग

LC (KTM) October 06, 2021 0

नेपालगन्ज बर्दिया हुलाकी सडक हुँदै आफ्नो गन्तव्यतर्फ जाँदै गरेको मालबाहक गोरू गाडा । यहाँका किसान तथा व्यापारीहरू सामान लान ल्याउन बढीजसो गोरूगाडा प्रयोग गर्ने गरिन्छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग-अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।” १२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर