आर्यन खान ड्रग्स केस : एनसीबीको कस्टडीमा आर्यनलाई घरको खाना बन्द , पढ्नको लागि साइन्स किताब उपलब्ध गराइयो — OSNepal

आर्यन खान ड्रग्स केस : एनसीबीको कस्टडीमा आर्यनलाई घरको खाना बन्द , पढ्नको लागि साइन्स किताब उपलब्ध गराइयो

LC (KTM) October 06, 2021 0

मुम्बई बाट गोवा जाँदै गरेको क्रुज शिपमा भएको पार्टीमा ड्रग्सको प्रयोग भएको मामला बाहिर आए पछि अहिले तहल्का मच्चिरहेको छ । सबैचन्दा चर्चाको बिषय त बलिउडका किंग खान शाहरुखकै छोरा आर्यन ड्रग्स केसमा फसेपछि झनै माहोल गर्मिएको छ । शाहरुखका छोरा अहिले एनसीबीको कस्टडीमा रहेका छन् । एनसीबीको लकअपमा रहेका आर्यनले एजेन्सी बाट केही साइन्सका किताबहरु मगाएका थिए ।

जस्लाई अधिकारीहरुले अनुमति दिएका छन् । जानकारीका अनुसार आर्यन खानलाई अन्य आरोपीहरुको साथमा एनसीबी कार्यालयको छेउमा रहेको नेशनल हिन्दु रेष्टोरेन्टको खाना खुवाई रहेको छ । कुनै पनि आरोपीलाई आफ्नो घरबाट मनपरेको खाना मगाउनका लागि एनसीबीले अनुमति दिएको छैन । आर्यनलाई पनि यहि रेष्टुरेण्ट बाट मगाइएको खाना दिईरहेको छ । एनसीबीको कस्टडीमा रहेका सबै आरोपीहरुलाई एक साथ खाना दिईरहेको छ ।

यसैक्रममा आर्यनलाई हिरासतमा लिने बित्तिकै उनको मोबाइल एनसीबीले जफत गरेको थियो । उनको मोबाईलमा भएको व्हाट्सएप च्याटलाई लिएर ड्रग्सका बिषयमा अन्य महत्वपुर्ण जानकारी बाहिर आएको थियो । त्यसलगत्तै आर्यन संगै अन्य आरोपीहरुको मोबाईल फोन जफत गरेर देशकै सबैभन्दा ठुलो फरेन्सिक ल्याबमा जाँचको लागि पठाइएको छ । यो केसमा जोडीएका अन्य कैयौ खुलासाहरु बाहिर ल्याउने योजनामा एनसीबी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर