• २०७८ असोज ३१ आइतबार

धेरै पढिएको

शाहरुख खान देखी करिना सम्म, यी हुन् चर्चित बलिउड स्टारहरुका म्यानेजर जसले हरेक कुरा सम्हाल्छन्

शाहरुख खान देखी करिना सम्म, यी हुन् चर्चित बलिउड स्टारहरुका म्यानेजर जसले हरेक कुरा सम्हाल्छन्


  • ओएसनेपाल
  • असोज २० २०७८, बुधबार
  • १:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ३ मिनेट
  • 3.7K
    SHARES

    बलिउड स्टारको लाईफ स्टाइलको बारेमा जान्नको लागि हरकोही उत्सुक रहन्छन् । फ्यानहरुलाई यो जान्नका लागि सधै उत्सुकता रहन्छ कि उनीहरुको मन परेको स्टारको ब्यस्त कार्यशैली र दैनिकि कस्तो रहने गरेको छ । उनीहरुले आफ्नो कामलाई कसरी सम्हाल्छन् भन्ने बारे सबैको चासो हुनु स्वभाविक रहेको छ । यसैक्रममा आज हामी तपाईलाई बलिउडमा एकदमै चलेका स्टारहरुको म्यानेजरको बारेमा महत्वपुर्ण जानकारी दिदैछौ । उनीहरुले आफ्नै परिवार जत्तिकै गरेर स्टारहरुको काम सम्हालिरहेका हुन्छन् ।

    पुजा ददलानी (शाहरुख खान) : बलिउडका किंग अर्थात शाहरुख खानको म्यानेजर हुनु कुनै चानचुने कुरा हैन । तर पनि पुजा ददलानीले शाहरुख खानको सबै काम एकदमै राम्रो संग सम्हालिरहेकी हुन्छिन् । लामो समय देखी उनी शाहरुख खानो म्यानेजर भएर काम गरिरहेकी छिन् । शाहरुखको बलिउडको कार्यतालिका मिलाउने देखी लिएर पुजा आईपीएल टीम कोलकत्ता नाइट राइडर्सको ब्राण्ड समेत रेखदेख गर्ने गर्छिन् ।
    सुसन रोड्रिग्वेज ( रणबीर सिंह) : सुसन रोड्रिग्वेज बलिउड सुपरस्टार रणबीर सिंहको म्यानेजर हुन् । रणबीरको म्यानेजर बन्न कुनै सजिलो काम हैन किनकी उनको बराबरको एनर्जी आवश्यकता पर्दछ । यिनै सुसनले बलिउडका सेलीब्रेटीका म्यानेजरको रुपमा काम गरिसकेकी छिन् ।

    रुनाली भगत ( अर्जुन कपुर ) : रुनालीले ९ बर्ष सम्म रियालिटी शो का लागि फेशन स्टाइलिस्टको रुपमा काम गरिसकेकी छिन् । त्यसपछि उनले सेलिब्रेटीहरुको म्यानेजर बन्ने फैसला गरिन् । रुनाली अहिले बलिउड स्टार अर्जुन कपुरको म्यानेजर भएर काम गरिरहेकी छिन् । अर्जुन कपुरको सबै काम उनैले सम्हाल्ने गरेकी छिन् ।

    पुनम दमानिया (करीना कपुर खान) : बलिउडमा चलेकी नायिका हुन् करिना कपुर खान । उनी आफ्नो म्यानेजर पुनम दमानियाको साथमा खास बोन्ड शेयर गरिरहेकी हुन्छिन् । करीना पुनम संग एक साथीको रुपमा ब्यवहार गर्ने गर्छिन् साथै पुनम करीनालाई पनि आफ्नो सल्लाह परिवारको सदस्यकै रुपमा दिने गर्छिन् । उनी करीना संग संगै देखिने गरेकी छिन् ।

    मृणाल चब्लानी (प्रियंका चोपडा) : ग्लोबल आइकन प्रियंका चोपडाको म्यानेजर १० बर्ष देखी मृणल रहदै आएकी छिन् । प्रियंका मृणाललाई आफ्नै परिवारको हिस्सा मान्ने गर्छिन् । प्रियंकाको लागि काम गर्न मृणाललाई एकदमै मन पर्ने गर्छ । प्रियंकाको हलिउड देखी बलिउड सम्मको सबै वर्क प्रोजेक्टका लागि उनी एकदमै ब्यस्त रहने गरेकी छिन् ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend