‘जुत्ता एक्सचेञ्ज मेला’मा भीड — OSNepal

‘जुत्ता एक्सचेञ्ज मेला’मा भीड

LC (KTM) October 06, 2021 0

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्न पाउने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा लागिरहेको ‘जुत्ता एक्सचेञ्ज मेला’मा उपभोक्ताहरुको बाक्लो भीड लाग्न थालेको छ । एकातिर नजिकिदै गरेको चाडपर्व र अर्कोतिर खेर गएको जुत्ताकोसमेत उचित मूल्यांकन हुने तथा थप छुटसहित नयाँ जुत्ता किन्न पाउने भएपछि मेलामा उपभोक्ताहरुको चासो र भीड बढेको हो ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्गतिर मोडिने वित्तिकैको पद्मोदय मोड ट्राफिक विटसँगै नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेला लागिरहेको छ । एक्सचेञ्ज मेलाको अवधी अब केहि दिन मात्र रहेकाले यो मौका नगुमाउन र चाँडोभन्दा चाँडो आएर फाइदा लिन आयोजकको आग्रह छ ।

मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आकर्षक अफर रहेकाले मेलामा उपभोत्ताको चाप बढेको हो ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले दशैंको अवसरमा अहिले एक्सचेञ्ज मेला आयोजना गरिएको र अव मेला केही दिनमा चल्ने भएकाले उपभोक्ताको चाप बढेको छ’ आयोजक महतोको भनाई छ ।

काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा ओइरेका हुन् । भक्तपुरका धर्म सुवेदीले पुरानो जुत्तासँग साटेर मेलामा ४ जोर जुत्ता किनेर फर्किए । उनले खुशी हुँदै भने– ‘पुरानो जुत्ता तह लगाउन पनि पाउने अनि नयाँ पनि पाइने हुँदा मैले ४ जोर जुत्ता किनेँ ।’

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरेका छन । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको भनाई छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताउँछन् । जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर