बलिउड फिल्म उचाईमा यी एक दर्जन नेपाली कलाकारले अभिनय गर्दै — OSNepal

बलिउड फिल्म उचाईमा यी एक दर्जन नेपाली कलाकारले अभिनय गर्दै

LC (KTM) October 06, 2021 0

यतिबेला सामाजिक सञ्जाल देखी अनलाईनहरु सम्ममा बलिउड फिल्म उचाइको चर्चा एकदमै चुलिएको छ । नेपालमा छायांकनमा हुन लागिरहेको बलिउड फिल्म ‘उचाइ’ यतिबेला चर्चाको शिखरमा रहेको छ । यो फिल्म नेपालको लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका स्थानमा छायाँकन हुने भएर मात्र चर्चा रहेको हैन । यस फिल्ममा खेल्ने नेपाली कलाकारहरुका कारण पनि चर्चामा छाएको छ ।

सुरज बडजात्याले निर्देशन गरिरहेको यस फिल्ममा एक दर्जन बढी नेपाली कलाकारले पनि आफ्नो अभिनय कौशलता देखाउने छन् । यस फिल्ममा नेपाली अभिनेत्री परमिता आरएल राणाको पनि अभिनय रहने भएको छ । त्यस्तै उनी संगै तेन्जिङ ग्याचो शेर्पा, सरोज लामिछाने, उरुशा जोशी, डम्बर बोहरा, रमेश बज्राचार्य, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतको समेत अभिनय रहने बताइएको छ ।

बलिउडका चलेका कलाकार अनुपम खेर सहितको टोली आज लुक्लाका लागि उडेको छ । परमिताले लुक्ला प्रस्थान अगाडि त्रिभुवन विमानस्थलमा फिल्म युनिटसँग खिचेको तस्बिर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको जानकारी दिएकी छिन् । करिब ४० दिनसम्म नेपालमा यस फिल्मको छायांँकन गरिने निर्माण पक्षले जानकारी दिएको छ । यस फिल्ममा बलिउडका महानायक अमिताभ बच्चन, चर्चित खलपात्र डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन लगायतलाई देखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर