सार्वजनिक यातायातको भाडादर बढ्यो , उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा खित्रिक्क — OSNepal

सार्वजनिक यातायातको भाडादर बढ्यो , उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा खित्रिक्क

LC (KTM) October 06, 2021 0

चाडपर्व नजिकिए संगै हरेक चिजमा मुल्यबृद्धि भए पछि नेपाली जनता आजित भएका छन् । अहिले उपभोक्ताको ढाड सेक्ने गरी मृल्यबृद्धि गर्न सुरु गरिएको छ । नेपालमा इन्धनको भाउ बढे संगै अब सवारी साधनको भाडा पनि बढ्ने भएको छ । बाग्मती प्रदेश सरकारले एक प्रेस बिज्ञप्ति नै जारी गरेर सार्वजनिक सवारी साधनको भाडा बढाएको जनाएको छ । बिज्ञप्ति अनुसार प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिकको १ गते देखि लागू हुने गरी नयाँ भाडादर तोकेको छ ।

नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा खित्रिक्क तिर्नु पर्ने हुन्छ । तर यो भाडादर ५ किलोमिटरसम्म लागू हुने मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर