४ रनको झिनो अन्तरले आईपीएल टी ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादको जित — OSNepal

४ रनको झिनो अन्तरले आईपीएल टी ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादको जित

LC (KTM) October 06, 2021 0

सनराइजर्स हैदरावाद आईपीएल टी ट्वान्टी क्रिकेटमा बिजयी भएको छ । युएईको अबुधाबीमा आज सम्पन्न खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनको झिनो अन्तरले पराजित गर्दै जित निकालेको हो । हैदरावादले बैंग्लोर समक्ष १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनमा सिमित बन्यो । बैंगलोरका देबदुत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले समान एक एक विकेट लिन सफल भए । पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको थियो । हैदरावादका लागि जासन रोयले ४४ रन जोड्दा कप्तान केन विलियम्सनले ३१ रनको योगदान दिए । बैंगलोरका हर्सल पटेल एक्लैले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए । आजको यो जित संगै हैदरावादले १३ खेलमा ६ अंक जोड्न सफल भएको छ । हैदरावाद पुछारमा रहेको छ । बैंगलोर १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर