नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक भिडियोमा देखिइन्, गर्दैछिन् ‘माया पिरेम’ का कुरा — OSNepal

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक भिडियोमा देखिइन्, गर्दैछिन् ‘माया पिरेम’ का कुरा

LC (KTM) October 07, 2021 0

निर्देशक माइकल चन्द आकर्षक भिडियो बनाउन सिपालु छन् । कलाकारलाई फरक तरिकाले प्रस्तुत गर्दैै आएका माइकलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पहिलो पटक भिडियोमा नचाएका छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, अलिसा शर्मा, देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको मुख्य भूमिकामा तयार भएको ‘माया पिरेम’ बोलको गीतको भिडियोलाई माइकलले निर्देशन गरेका हुन् । यो गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, शंकर स्माइलको संगीत, डीपी खनालको शब्द छ ।

गीतको भिडियोमा सिलन लम्सालको सम्पादन, उत्सव दाहालको छायांकन छ । भिडियोेबाट दुई नयाँ कलाकार देलविस र राजले संभावना देखाएका छन् । यी दुई कलाकार चाडै नै चलचित्र क्षेत्रमा पनि डेब्यू गर्ने तयारीमा छन् ।

साम्राज्ञी र अलिसाको नृत्यले पनि दर्शकको मन जित्छ । भिडियोलाई उत्कृष्ट बनाउन निर्देशक माइकल चन्द र निर्माण कम्पनी ट्री इन्टरटेन्मेन्टले कुनै कसर बाँकी राखेका छैनन् । भिडियोमा दिनेश दर्शनधारी र यशोधा राइको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर