कोरोना संक्रमितको प्राण बनेको अक्सिजनका सिलिण्डर नै रातारात भए गायव, ठूलो संख्यामा सिलिन्डर हराउन थालेपछि बबाल — OSNepal

कोरोना संक्रमितको प्राण बनेको अक्सिजनका सिलिण्डर नै रातारात भए गायव, ठूलो संख्यामा सिलिन्डर हराउन थालेपछि बबाल

LC (KTM) May 23, 2021 0

अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।

उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्याएका कारण अधिकांश उद्योगको सिलिन्डर हराइरहेको उद्योगीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर