अभिनेता अनुपम खेरले पशुपतिको दर्शन गर्दा सँगै नेपाल आएकी परिणिती चोपडा कता हराइन — OSNepal

अभिनेता अनुपम खेरले पशुपतिको दर्शन गर्दा सँगै नेपाल आएकी परिणिती चोपडा कता हराइन

LC (KTM) October 07, 2021 0

काठमाडौं । चलचित्र ‘उचाई’ को छायांकनका लागि बलिउड अभिनेता अनुपम खेरसहितको कलाकारको टोली काठमाडौं आएको छ । खेरले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पुजा गरेपछि सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । भिडियोमा उनले भनेका छन्, ‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरको स्थापना भएको छ । यो देखेर आनन्द महशुस हुन्छ ।’

चलचित्र ‘उचाई’ को छायांकनका लागि अनुपमसँगै अभिनेता बोमन इरानी, अभिनेत्री परिणिती चोपडा लगायतका कलाकार नेपाल आएका छन् । चालिस दिनको छायांकन सेड्युलका साथ चलचित्र टिम नेपाल आएको जनाइएको छ । सौर्य दैनिकमा खबर छ । सुरज बडजात्याले निर्देशन गर्ने यो चलचित्रमा अभिनेता अमिताभ बच्चनको समेत मुख्य भूमिका छ । तर, नेपालको चिसो स्थानमा चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल आएका छैनन् । चलचित्रको छायांकन मनाङ र मुस्ताङमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर