परिणिती अनुपम सहित अमिताभ बच्चनले अभिनय गर्ने फिल्ममा नेपाली नायिका परमिता राणाले पनि अभिनय गर्ने — OSNepal

परिणिती अनुपम सहित अमिताभ बच्चनले अभिनय गर्ने फिल्ममा नेपाली नायिका परमिता राणाले पनि अभिनय गर्ने

LC (KTM) October 07, 2021 0

काठमाडौं- बलिउड फिल्म ‘उचाइ’ नेपाली नायिका परमिता राणाले पनि अभिनय गर्ने भएकी छन् । परमिताले आफुले फिल्ममा काम गर्न लागेको जानकारी सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएकी हुन् ।

फिल्ममा परमिताका अलवा नेपाली कलाकार सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतले अभिनय गरेका छन् ।

सुरज बडजात्याले निर्देशन गरिरहेको फिल्मका लागि केही दिन अगाडि अनुपम खेर, परिणिती चोपडालगायत नेपाल आएका छन् । केही दिन काठमाडौंमा छायाँकन भएको फिल्म ‘उचाइ’ युनिट बुधबार लुक्ला प्रस्थान गरेको छ ।

परमिताले लुक्ला प्रस्थान अगाडि त्रिभुवन विमानस्थलमा फिल्म युनिटसँग खिचेको एक तस्बिर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको बताएकी हुन् । ४० दिनसम्म नेपालमा खिचिने बताइएको फिल्म ‘उचाई’मा बलिउडका अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतको मसख्य अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर