नेकपा एमालेको लोगोमा विवाद — OSNepal

नेकपा एमालेको लोगोमा विवाद

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । नेकपा एमालेको लोगोमा विवाद र्सिजना भएको छ । एमालेको विधान अधिवेशनमा सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो राखिएको थियो ।

जुन लोगो माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दो जुल्दो रहेको भन्दै यसको कानुनि उपचार खोज्न सकिने भन्दै माओवादी केन्द्रका नेता देव गुरुङले बताएका छन् । छलफल गरेर के गर्ने भन्ने निर्णय गर्ने बताएका गुरुङले काननुविदहरुसँग छलफल गरेर अघि बढ्ने तयारी भइरहेको बताएका छन् ।

‘कानुनविद्हरुसँग परामर्शकै क्रममा छौ, परामर्शपछि के गर्ने भन्ने टुङ्गो लाग्छ’ उनले भने । यता नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले भने हँसिया हथौडा कम्युनिस्ट सबै पार्टीहरूको साझा झण्डा भएको भन्दै आफ्नो चिज्न्ह गोलाकार भित्र नभई सुर्य भित्र रहेको भन्दै माओवादीले दावी गर्न नमिल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर