“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा चितुवाले बाख्रा मारिसकेको थियो” : व्यावसायिक जय — OSNepal

“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा चितुवाले बाख्रा मारिसकेको थियो” : व्यावसायिक जय

LC (KTM) October 07, 2021 0

बेदकोट नगरपालिका–९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका छ बाख्रा चितुवाले आक्रण गरी मारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु एक लाख २५ हजार बढीको नोक्सानी भएको बताउनुभयो । “बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो”, उहाँले भन्नुभयो, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”

मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । रु छ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आउनुभएको छ । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।

चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर