कोरोनाका कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध बिक्न थाल्यो, दलालहरु छैनन् सक्रिय — OSNepal

कोरोनाका कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध बिक्न थाल्यो, दलालहरु छैनन् सक्रिय

LC (KTM) May 23, 2021 0

कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसी बाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए ।

उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ ।”अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एक/एक केजीको पोका बनाउने काम भइरहेको छ । सोमबार वा मङ्गलबार उक्त दूध लैजाने तय भएको उनले जानकारी दिए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले किसान र उद्योगीको समस्या समाधान गर्न कुखुरा व्यवसायीले धुलो खरिदको प्रक्रिया सुरु गरेको जानकारी शुक्रबार आयोजित एक कार्यक्रममा दिएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

दूध बिक्रीका लागि अन्य बजारको पनि खोजी भइरहेको उनले बताए हाल नेपाली बजारमा कुखुराका लागि दाना र खोपमा दैनिक २७ सय मेट्रिक टनभन्दा बढी धुलो दूध खपत हुँदै आएको छ । उक्त माग आन्तरिक बजारबाटै धान्न र दूध किसानको भुक्तान दिन स्वदेशी नै धुलो दूधको प्रयोगका लागि आग्रह गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर