निरंकुशताको चरमोत्कर्षमा पुगेका ओलीले राष्टियताको मामलामा आत्मसमर्पणको नीति आत्मसाथ गरे : माधव नेपाल — OSNepal

निरंकुशताको चरमोत्कर्षमा पुगेका ओलीले राष्टियताको मामलामा आत्मसमर्पणको नीति आत्मसाथ गरे : माधव नेपाल

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राइभेट मक्पनी भएको बताएका छन् ।आज नेकपा एमालेका भानुभक्त जोशीलाई नेकपा एस स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

ओली सम्पूर्ण रुपले च्यूत भईसकेको औपचारिक दिन हेर्न मात्र बाँकी रहेको बताएका नेपालले उक्त आयोजित कार्यक्रममा भने , ‘केपी ओली सवै हिसावले आदर्शवाट च्यूत भईसकेका छन् । अव सम्पूर्ण रुपले च्यूत भईसकेको औपचारिक रुपमा त्यो दिन हेर्न वाकी छ । हामी पहिले देखि नै ओलीलाई सुधार्न सकिदनै भन्ने निश्कर्षमा पुगेका थियौं ।’

ब्यक्तिवाद, गुटवाद र निरंकुशता ओली चरमोत्कर्षमा पुगेकाले राष्टियताको मामलामा ओलीले आत्मसमर्पणको नीति आत्मसाथ गरेको आरोप समेत नेपालले लगाएका छन् ।

‘समाजवादको निति विर्सेर यथास्थितीमा रह्न थालेकोले त्यहा ठूलो अन्र्तसंर्घष चलेको र त्यसको सामना गर्ने आँट केपी ओलीमा भएन । उनले केन्द्रीय कमिटि विघटन गर्न पुगे । आफु सँग असहमत भएकालाई पन्छाएर सिंगो पार्टी आफनो कब्जामा राख्न खोजे । त्यहाँ सामुहिकता छैन, छलफल छैन । त्यो एउटा ब्यक्तिको प्राइभेट कम्पनीको रुपमा रुपान्तरण हुन थालेको छ । ’ नेपालले भने ।

नेकपा एमालेको विधान अधिवशेनलाई समेत उनले महाधिवेशनका नाममा भेला गरिएका तमसा भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर