विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु, १७ घाइते — OSNepal

विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु, १७ घाइते

LC (KTM) October 07, 2021 0

खोस्त, अफगानिस्तान-अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो। उक्त विष्फोटनमा एक जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् ।उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।

सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान – तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइतीपक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसस्कार गरिएको छैन । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर