कब्जियत, शरिरको बोसो घटाउनदेखि यि रोगसँग लड् मद्धत गर्छ स्याउले, यस्ता छन् अन्य फाइदा — OSNepal

कब्जियत, शरिरको बोसो घटाउनदेखि यि रोगसँग लड् मद्धत गर्छ स्याउले, यस्ता छन् अन्य फाइदा

LC (KTM) October 07, 2021 0

स्याउ स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । स्याउमा विभिन्न प्रकारका पोषक तत्व पाइन्छ । यसको सेवन प्राय गर्मी मौसममा हुन्छ । भरिपूर्ण स्याउको सेवनले शरीरलाई स्वस्थ बनाई राख्नुको साथै पाचन प्रणालीलाई दुरुस्त राख्छ । स्याउको सेवनले रोगप्रतिरोधक क्षमता बढ्छ ।

यस्ता छन् स्याउका फाइदाहरु मोटोपनाले ग्रसित व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या जस्तै ९ मुटु रोग, डायबिटीज, बीपी आदि शुरु हुन्छ । स्याउमा पाईने फाइबर मोटोपनलाई कम गर्नका लागि सहायक हुन्छ, जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम आउँछ ।

साथै यसमा पाईने पौष्टिक तत्वले शरीरलाई ऊर्जा दिन्छ ।यदि तपाई कब्जियत या ग्यास्ट्रिकको समस्याले पिडित हुनुहुन्छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ । स्याउमा पाईने फाइबरले पेटको कब्जलाई बिस्तारै९बिस्तारै कम गर्छ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन्छ ।
कब्जियत हुँदा शरीरमा विभिन्न रोग हुने खतरा बनिरहन्छ ।स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसले तपाईको अनुहारमा चमक ल्याउँछ ।

साथै यसको प्रतिदिन सेवन गर्नाले शरीरमा रहेको अनावश्यक बोसो बिस्तारै९बिस्तारै कम हुन्छ, जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ । स्याउमा पाईने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ । पाचन प्रणाली बलियो हुँदा रोग सँग लड्ने क्षमता बढ्छ र स्वस्थ रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर