गृहमन्त्री खाँणद्वारा बाढीपहिरो प्रभावित मनाङको अनुगमन — OSNepal

गृहमन्त्री खाँणद्वारा बाढीपहिरो प्रभावित मनाङको अनुगमन

LC (KTM) October 07, 2021 0

मनाङ, २१ असोज – गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गरानुभएको थियो ।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पु¥याएको थियो । सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर