हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक राखियो जमरा — OSNepal

हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक राखियो जमरा

LC (KTM) October 07, 2021 0


काठमाडौं २१ असोज । दशैँको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । आज बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा जमरा राखिएको हो ।

वडादशैँको पहिलो दिन आज हरेकको पुजाकोठामा घटस्थापना गरिएको छ ।
आज बिहान स्थानमा गाईको गोबरले पोती बालुवा माटो ल्याई जौं रोपी घटस्थापना गर्ने परम्परा रहेको छ ।

वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ

घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ समेत गरिएको थियो ।।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर