• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

उपत्यका बाहिर जाने यात्रुसँग बढी रकम लिएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना पक्राउ

उपत्यका बाहिर जाने यात्रुसँग बढी रकम लिएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना पक्राउ


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • १०:२९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.9K
    SHARES

    काठमाडौँ २१ असोज । काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको रकम भन्दा बढी रकम लिएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

    दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुसँग बढी रकम अशुलेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बु र सुनसरीका सविन राई रहेका छन् ।

    निजहरुले नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई टिकट काटिदिन्छु भन्दै मोलमोलाई गरेको प्रहरीले जनाएको छ ।

    त्यसैगरी,टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गरिरहेको अवस्थामा काठमाडौं बस्ने राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई प्रहरीले गोंगबुबाट पक्राउ परेका छन् ।

    यसैगरी, कलंकीबाट नवीन केसी र बल्खुबाट अरुण मगर र जाजरकोटका विनोद राना समेत पक्राउ परेका छन् । निजहरुलार्य थप कारवाहीको महानगरीय प्रहरी वृत्त, कालीमाटीमा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend