अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वार्ता सहित तस्बिर प्रकाशित — OSNepal

अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वार्ता सहित तस्बिर प्रकाशित

LC (KTM) October 07, 2021 0

विजय थापा । डिसी ।अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वार्ता सहित तस्बिर प्रकाशित भएको छ ।
गत अगस्त महिनामा सम्पन्न भएको उक्त प्रतियोगितामा आफ्नो समूहको उत्कृष्ट रहन पुगेका सिंह उक्त प्रतियोगितामा पुग्ने र यसरी प्रसिद्ध पत्रिकामा छापिने अहिले सम्म उनिएक मात्र नेपाली हुन् ।

अमेरिकी पत्रिका फिचर्ड मसल एण्ड फिटनेसले आयोजना गरेको अत्यन्तै प्रतिश्प्रद्धामा उनि शीर्ष ८ मा पुगेका थिए । गत अगस्त मै त्यसको नतिजा आएको र त्यसमा सिंह पर्न नसकेता पनि उनलाई उक्त पत्रिकाले सम्मान साथ उच्च स्थान दिदै हौसला प्रदान गर्दै पत्रिकाले सिंहको तस्बिरलाई प्रकाशित गरि दिएको छ ।

उक्त पत्रिकामा उनको अन्तर्वार्ता र तस्बिर प्रकाशित भए पछि उनले सबै नेपाली समुदाय र संचार माध्यमलाई बिशेष धन्यबाद दिएका छन् । सिंहले नेपालीलाई उक्त पत्रिकामा अवसर र मौका दिएकोमा निकै हर्ष लागेको उनले ईनेप्लिजलाई बताए ।

फिचर्ड मसल एण्ड फिटनेस अमेरिकी पत्रिकामा प्रथम हुनेलाई २० हजार डलर पुरस्कारको साथै बिजेतालाई उक्त पत्रिकाले अगाडी तस्बिर प्रकाशित गर्ने समेत घोषणा गरेको थियो ।

उनले जितेमा नेपालको बृद्ध आश्रम तथा बालबालिकालाई केही सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

सिंह हाल टेक्सास राज्यको ड्यालसमा विगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्ख्यौली घर बुटवल हो । उनले अमेरिकामा शारीरिक सुगठनका विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर