मधेश मुद्धामा आधारीत चलचित्र एक डिजिटल प्लाटफर्ममा रिलिज — OSNepal

मधेश मुद्धामा आधारीत चलचित्र एक डिजिटल प्लाटफर्ममा रिलिज

LC (KTM) October 07, 2021 0

कोरोनाको महामारीका कारण सिनेमाघरहरु बन्द रहेको बेला डिजिटल प्लाटफर्मले राम्रो स्पेस पाउन थालेका छन् । यसैक्रममा चलचित्र एक आज देखी डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ। आज बाट सिनेमाघरहरु खुले पनि जोखीम मोलेरै भए पनि यस फिल्मको निर्माण पक्षले डिजिटल प्लाटफर्मलाई रोजेको छ । मधेशको मुद्धा र राजनिती दुबैलाई जोडेर बनाइएको यस फिल्मलाई लेखक तथा निर्देशक मनोज पण्डितले निक्कै मेहनत गरेका छन् । राष्ट्रका गंभीर बिषयहरु फिल्म मार्फत उठाउन माहिर पण्डितले यस फिल्ममा पनि नेपालको सुरक्षाका लागि ‘सिएसआईको परिकल्पना गरेका छन् ।

राष्ट्रको भौगोलिक अखण्डता तथा देशको सार्वभौमिकता रक्षाका लागि पहिलो दर्जामा रहेर काम गर्ने सिएसआई जस्ता संस्था नेपालमा आवश्यक रहेको सन्देश उनले यो फिल्म मार्फत दिन खोजेका छन् । प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका छन् । यो चलचित्र सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट प्रदर्शनमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर