आर्यन खानलाई ऋतिक रोशनको सर्पाेट , माफिया पप्पु खानलाई सर्पाेट गरेको भन्दै कंगनाले दिईन् कडा जवाफ — OSNepal

आर्यन खानलाई ऋतिक रोशनको सर्पाेट , माफिया पप्पु खानलाई सर्पाेट गरेको भन्दै कंगनाले दिईन् कडा जवाफ

LC (KTM) October 07, 2021 0

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला एनसीबीको हिरासतमा रहेका छन् । उनी शनिबार आफ्ना साथीहरु संग क्रुजमा ड्रग्स पार्टी गरिरहेका बेला पक्राउ परेका हुन् । आर्यनलाई अनुषन्धानका लागि भन्दै अक्टोबर ७ सम्म हिरासतमा राख्ने आदेश मिलिसकेको छ । यसैक्रममा शाहरुख खानका छोरा आर्यनलाई बलिउडका सेलीब्रेटीहरुले अहिले एकदमै सर्पाेट गरिरहेका छन् । यसैक्रममा बलिउडका अर्का चर्चित नायक ऋतिक रोशनले पनि सर्पाेट गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनलाई सर्पाेट गरेका थिए । तर ऋतिकको यो पोस्ट देखे पछि बलिउडमा सबैभन्दा खरो स्वभावकी मानिएकी कंगना रनावतले ऋतिकको रोशनको पोस्टलाई ब्यंग प्रहार गर्दै आर्यनका बिरुद्ध उभिएकी छिन् । कंगनाले लेखेकी छिन्– अब सबै माफिया पप्पु आर्यन खानको सर्पाेटमा उत्रिरहेका छन् ।

हामी गल्ती गर्छाै यसको मतलब यो होईनकी हामी त्यस गल्तीलाई शानका साथ बताउ । मलाई आशा छ यस वाक्यले आर्यनलाई एक नयाँ दिशा मिल्नेछ । साथै उनलाई आफ्नो गल्तीको पनि महसुस हुनेछ । उनलाई जुन एक्सन लिईन्छ त्यस बाट उनले केही सिक्नेछन् । आशा गर्छु उनी बाहिर निस्किए पछि एक राम्रो ब्यक्ति बनेर आउन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर