साफ च्याम्पियनसिपमा लगातार दोस्रो बराबरी पछि भारत तनाबमा, नेपाललाई फाईदा — OSNepal

साफ च्याम्पियनसिपमा लगातार दोस्रो बराबरी पछि भारत तनाबमा, नेपाललाई फाईदा

LC (KTM) October 07, 2021 0

सार्क राष्ट्रमा फुटबलका हिसाबले शक्तिशाली मानिएको भारतले साफ च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो पटक बराबरी खेलेको छ । आज भएको खेलमा श्रीलंकासँग गोल रहित बराबरी खेलेको हो । यसअघि आफ्नो पहिलो खेलमा पनि भारतले बंगलादेश संग एक एकको बराबरी खेलेको थियो । माल्दिभ्समा आज सम्पन्न पहिलो खेलमा भारतले कुनै पनि गोल गर्न सकेन । लगातार २ खेलमा बराबरी खेलेको भारत पछिल्लो नतिजापछि एकदमै ठुलो दबाबमा परेको छ। यसको प्रत्यक्ष फाईदा नेपाललाई पुगेको छ ।

नेपाल ६ अंक सहित आफ्नो दुबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै शीर्ष स्थानमा रहेको छ । साविकको उपविजेता समेत रहेको भारतले हालसम्म सर्वाधिक ७ पटक यो प्रतियोगिताको उपाधि जितेको छ। तर यसपाली लगातार बराबरीको नतिजा पछि फाइनलमा स्थान बनाउन भारतलाई एकदमै ठुलो दबाब रहेको छ । यसैक्रममा भारतले तेस्रो खेल शनिबार नेपाल संग खेल्दै छ।

उसले नेपाल संग खुलेर खेल्न सक्ने मनोबिज्ञान गुमाएको छ । दुई खेलबाट ४ अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। भारतको २ खेलबाट २ अंक छ। एक खेल खेलेको माल्दिभ्सले अंक जोड्न सकेको छैन भने श्रीलंकाको तीन खेलबाट एक अंक रहेको छ। यसैबीच आजको दोस्रो खेलमा राति पौने १० बजे माल्दिभ्सले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर