झाडापखाला प्रभावित क्षेत्रमा काठमाडौँबाट चिकित्सकको विशेष टोली प्रस्थान — OSNepal

झाडापखाला प्रभावित क्षेत्रमा काठमाडौँबाट चिकित्सकको विशेष टोली प्रस्थान

LC (KTM) October 07, 2021 0

काठमाडौं, २१ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला प्रभावित क्षेत्र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आज चिकित्सकसहितको टोली पठाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट उपचारका लागि आवश्यक औषधि लिएर चिकित्सकसहितको टोली बिहीबार त्यसतर्फ गएको जानकारी दिए ।

प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पनि चिकित्सकसहितको टोली पठाएको छ । कृष्णनगर नगरपालिकाका वडा नम्बर ३, ४, ७, ८, ९ र १२ मा झाडापखाला र वान्ताका बिरामी देखिएका थिए । उक्त ठाउँका करिब ३७० जना झाडापखालाका बिरामी फेला परेका छन् ।

बिरामीको स्थानीय शिवराज अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये २२८ जना उपचारपछि घर फर्किएका र ११० जनाको उपचार भइरहेको तथा ३२ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ ।

पाँच जना बिरामीको दिशाको नमुना परीक्षण गरिएको र नतिजा आउन बाँकी रहेको जनाइएको छ । प्रभावित क्षेत्रको पिउने पानीको नमुना परीक्षण गर्दा कोलिफर्म र इकोली भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर