फिक्कलमा सूरु भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा, सुर्योदय नगरपालिकाका नगर प्रमुख राई एक्लैले गरे डबल ह्याट्रिक — OSNepal

फिक्कलमा सूरु भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा, सुर्योदय नगरपालिकाका नगर प्रमुख राई एक्लैले गरे डबल ह्याट्रिक

LC (KTM) October 07, 2021 0

इलामको फिक्कलमा आज बाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो दिनको खेलमै सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स, आहाले भेट्रान्स र पाहुना टोली दार्जिलिङ भेट्रान्स पुगेका छन् । आज सम्पन्न पहिलो खेलमा इलाम भेट्रान्सले पाहुना टोली सुकिया भेट्रान्सलाई टाइव्रेकरमा ३–२ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुवै टोलीबाट ९–९ गोल भएपछि खेलको निर्णय टाइव्रेकर बाट लिइएको थियो ।

आज भएको दोश्रो खेलमा आहाले भेट्रान्सले पेम्वा सेभेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । तेश्रो खेलमा सूर्योदय भेट्रान्सले भेट्रान्स रोङ इलाभेनलाई १४–४ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । सूर्योदयको जीतमा नगर प्रमुख रणबहादुर राई एक्लैलेले ६ गोल गरे । अन्तिम खेलमा दार्जिलिङ भेट्रान्सले युनाइटेड भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित ग¥यो । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने छ । सेमीफाइनल चरणका दुवै खेल भोली हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर