• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु

आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ३:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.9K
    SHARES

    रुपन्देही, २१ असोज – बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले गुणस्तरीय सामान बिक्री वितरण गर्न आाग्रह गर्नुभयो । मन्त्री शाहीले दसैँका समयमा दैनिक उपभोग्य वस्तुको खरिदमा उपभोक्ता ठगिने गरेको गुनासा आउने भएकाले अनुमनलाई प्रभावकारी बनाउनसमेत सरकारी संयन्त्रलाई निर्देशन दिनुभयो । मन्त्री शाहीले १२ वटै जिल्लाका निजी क्षेत्रसँग रायसुझाव लिएर अघि बढ्नेसमेत बताउनुभयो ।

    उहाँले उपभोक्ताको हितलाई मध्यनजर गरेर बुटवल उद्योग वाणिज्य सङ्घले सस्तो बजार सुरु गर्नु सराहनीय काम भएको बताउनुभयो । सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले सङ्घले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यावसायिक वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो ।

    उहाँले सङ्घले विपन्न परिवारलाई लक्षित गरेर दसैँमा सस्तो बजार सञ्चालन गर्दै आएको स्मरण गर्दै यो २०औँ संस्करणको भएको जानकारी गराउनुभयो । कोरोना भाइरस महामारीका कारण अघिल्लो वर्ष भने सो बजार सञ्चालन गरिएको थिएन ।

    यही असोजको २५ गतेसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य वस्तु तथा नयाँ नोट सटहीसमेत गरी ३० कक्ष राखिएको छ । दुग्धजन्य उत्पादन, नूनलगायतका दैनिक उपभोग्य सामग्रीसहित मासु तथा अण्डासमेत सस्तो बजारमा राखिएको छ । सो बजारमा बाहिर बजारमा भन्दा सुलभ मूल्यमा उपलब्ध गराइने संयोजक तथा बुटवल उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठले बताउनुभयो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend