आर्यन खान केसमा कोर्टको आदेशले एनसीबी लाई लाग्यो झट्का , आर्यन खान भोली जमानतमा रिहाइ हुन सक्ने — OSNepal

आर्यन खान केसमा कोर्टको आदेशले एनसीबी लाई लाग्यो झट्का , आर्यन खान भोली जमानतमा रिहाइ हुन सक्ने

LC (KTM) October 07, 2021 0

क्रुज ड्रग्स मामलामा शाहरुख खानका छोरा आर्यन खानलाई आज कोर्टमा पेश गरिएको छ । सुनवाई पछि काृर्टले आर्यन खान सहित ८ आरोपीलाई न्यायिक हिरासतमा पठाई दिएको छ । आजको रात एनसीबीको कार्यालयमै रहने छन् आर्यन खान । हालै आर्यन खानलाई न्यायिक हिरासतमा भए पनि एनसीबीकै कार्यलयमा राखिने भएको छ । यस मामलामा अब सुनवाई भोली ११ बजे हुने बताइएको छ ।

एनसीबीले आज जमानतको बिरोध गरेको थियो । एनसीबीले यस मुद्धाको सुनवाई एनडीपीएस कोर्ट बाटै हुनु पर्ने बताएको थियो तर एनसीबीलाई कोर्टको यो फैसलाले झट्का लागेको छ । कोर्टले एनसीबी संग यो बिषयमा जाँच गर्नको लागि एकदमै धेरै समय रहेको बताएको थियो । एनसीबीले आरोपीहरुलाई ११ अक्टोबर सम्म कस्टडीको माग गरिरहेको थियो , तर कोर्टले आरोपीलाई न्यायिक हिरासतमा पठाइ दिएको छ । एनसीबीले अब यस बिषयमा चार्जशीट फाईल गर्नु पर्ने भएको छ । आरोप पत्रमा एनसीबीले आर्यन खान माथि लगाएको आरोपको जिकिर गर्नु पर्ने हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर