लामो समय पछि आज बाट सिनेमाघर खुल्यो , तर हलमा अंग्रेजी चलचित्र मात्र देखाईयो — OSNepal

लामो समय पछि आज बाट सिनेमाघर खुल्यो , तर हलमा अंग्रेजी चलचित्र मात्र देखाईयो

LC (KTM) October 07, 2021 0

कोरोनाको महामारीले बिभिन्न क्षेत्रलाई नराम्री प्रभावित गर्यो । त्यसमध्ये पनि सबैभन्दा बढी प्रभावीत फिल्म क्षेत्रलाई पर्यो । कोरोनाको महामारी सुरु भए देखी सिनेमाहलहरु सबै ठप्प भएका छन् । नराम्रो संग थलिएको सिनेमा क्षेत्र अब भने बिस्तारै बौरिन सुरु गरेको छ । यसैक्रममा घटस्थापना अर्थात आजदेखि देशभरका सबै सिनेमा घरहरु सञ्चालनमा आएका छन् । लामो समय देखी बन्द भएको सिनेमाहलहरु खुले पछि यस क्षेत्रमा काम गरिरहेका ब्यक्तिहरुलाई आशाको किरण झुल्किए झै भएको छ ।

लामो कसरत पछि आज खुलेको सिनेमा घरमा दर्शक भने खासै आएनन् । आज देशभर नै अंग्रेजी चलचित्रहरु मात्र देखाइएको थियो । किनकि ठूलो लगानीमा बनेका नेपाली चलचित्रहरु देखाइएको थिएन । यसको कारण दर्शक चलायमान नहुने र आफ्नो लगानी डुब्ने स्पष्ट रुपमा लगानीकर्ताहरुलाई थाहा थियो । त्यसैले पनि यो साता चलचित्रहरु रिलिज नहुने भएका छन् । चहलपहल बढेपछि चलचित्र बिकास बोर्डले सिनेमा घरहरु खोल्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर