नेकपा एकीकृतले टुंग्यायो सरकारमा जाने ४ मन्त्रीको नाम ,झाँक्रीलाई सुम्पियो स्वास्थ्य मन्त्रालय — OSNepal

नेकपा एकीकृतले टुंग्यायो सरकारमा जाने ४ मन्त्रीको नाम ,झाँक्रीलाई सुम्पियो स्वास्थ्य मन्त्रालय

LC (KTM) October 07, 2021 0

लामो समयको रस्साकस्सी पछि अन्ततः नेकपा एकीकृत समाजवादी पार्टीले देउवा सरकारमा सहभागि हुने मन्त्रीको नाम टुँगो लगाएको छ । स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले आज केही नेताहरु संगको घनीभुत छलफल पछि नाम टुंगो लगाएको हो । चार वटा मन्त्रालयसहित सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको लगाएको हो । अध्यक्ष नेपाल सहितको नेताहरुको छलफलले बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

ओलीलाई छोडेर मन्त्री बन्ने आशमा माधव तिर लागेका प्रेम आलेलाई पनि चिट्ठा परेको छ । आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मा पाउने भएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्री, सहरी विकास मन्त्रालयमा विरोध खतिवडा तथा श्रम मन्त्रालयमा भने किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको हो ।

नेकपा एकीकृत समाजबादीले नाम टुंगो लगाए संगै अब प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि भोलि नै राखिएको बालुवाटार स्रोतले जनाएको छ । उता, माओवादी केन्द्रले भने हिजै मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर