रामायणका रावण अरबिन्द वास्तबिक जिवनमा थिए धेरै दयालु र धार्मिक , हेमा मालिनीलाई थप्पड हान्ने सिन लाई नै २० टेक लिएका थिए — OSNepal

रामायणका रावण अरबिन्द वास्तबिक जिवनमा थिए धेरै दयालु र धार्मिक , हेमा मालिनीलाई थप्पड हान्ने सिन लाई नै २० टेक लिएका थिए

LC (KTM) October 07, 2021 0

रामानन्द सागरको रामायणमा रावणको भुमिका निर्बाह गरेका चर्चित कलाकार अरबिन्द त्रिबेदी हामी माझ छैनन् । ५ अक्टोबरमा उनले अन्तिम श्वास लिए । रामानन्द सागरका छोरा प्रेम सागरले अरबिन्द त्रिबेदी संग जोडिएको यादलाई एक पटक फेरी ताजा गरिदिएका छन् । उनका अनुसार हेमा मालिनीलाई एक थप्पड मार्नका लागि २० टेक लिएका थिए । ई टाइम्स संग कुरा गर्दै प्रेम सागरले भने– मैले अरबिन्द त्रिबेदीलाई गुजराती स्टेज देखि देखेको थिए ।

उनी एक शानदार कलाकार थिए तर आफ्नो भाई उपेन्द्र त्रिबेदीको छायाँमा परेका थिए । अरबिन्द त्रिबेदी फिल्म हम तेरे आशिकमा भिलेनको रोल गरिरहेका थिए । यो फिल्ममा लिड रोलमा हेमा मालिनी रहेकी थिईन् । एक सीनमा अरबिन्दले हेमा मालिनीलाई थप्पड मार्नु पर्ने थियो । यसका लागि उनले २० टेक लिएका थिए ।

जब हेमा जि र मैले उनलाई संझाएका थियौ कि हेमा मालिनी एक ठुलो र चर्चित स्टार हुन् भन्ने बिर्सिदेउ । त्यसपछि मात्र उनले यो सीन राम्रो संग गरेका थिए । अरबिन्द रियल लाईफमा एकदमै ईमान्दार र धार्मिक मान्छे रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर