• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सको पहिलो जित, बंगलादेश दुई शून्यले पराजित

साफ च्याम्पियनसिपमा आयोजक माल्दिभ्सको पहिलो जित, बंगलादेश दुई शून्यले पराजित


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ६:१० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 6.2K
    SHARES

    साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले पहिलो जित निकालेको छ । मालेस्थित राष्ट्रिय स्टेडियममा आज राति सम्पन्न खेलमा बंगलादेशलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित दर्ता गराएको हो । आजको यो जित संगै माल्दिभ्सले स्पष्ट ३ अंक जोडेको छ । माल्दिभ्स हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोलको योगदान दिदै जित दिलाए । हाम्जाले खेलको ५५ औं मिनेटमा गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

    उनले यो गोल निक्कै आकर्ष ढंगले गरेका थिए । उनले उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गरे । त्यस्तै ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई दुई शुन्यको जित दिलाए । आजको यो जित संगै माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा माल्दिभ्स नेपालसँग एक शुन्य गोल अन्तरले पराजित भएको थियो ।

    यसअघिको खेलमा बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । भारतले भने आज भएको खेलमा श्रीलंका संग गोलरहित बराबरी खेले संगै फाइनलको यात्राका लागि थप चुनौती थपेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend