आईपीएलमा राजस्थान माथि कोलकत्ताको शानदार जित , प्ले अफको संभावना कायमै — OSNepal

आईपीएलमा राजस्थान माथि कोलकत्ताको शानदार जित , प्ले अफको संभावना कायमै

LC (KTM) October 07, 2021 0

आईपीएल टी ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्स बिजयी भएको छ । युएईको सारजाहमा आज राति सम्पन्न खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८६ रनको भारी अन्तरले पराजित गरेको हो । कोलकत्ताले राजस्थानका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १६ ओभर १ बलमा अलआउट हुँदै ८५ रनमा समेटिएको थियो । राजस्थानकालागि राहुल टेवाटियाले सर्वाधिक ४४ रनको योगदान दिएका थिए ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकत्ताका शिभम माभी एक्लैले ४ तथा लकी फर्गुसनले ३ विकेट चड्काएका थिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो । कोलकत्ताका शुबमन गिलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका क्रिस मोरिस,चेतन शाकरिया,राहुल टेवाटिया र ग्लेन फिलिप्सले समान एक एक विकेट लिएका थिए । आजको यो जितसँगै कोलकत्ता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।कोलकत्ताको प्ले अफ सम्भावना कायम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर