• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने

ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • १२:३५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 2.7K
    SHARES

    काठमाडौँ, २१ असोज – ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने भएको छ । यही दसैँअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो । सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ । दसैँ र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । “केही अवरोध नआए ढुक्कसँग दसैँ तिहारको बीचमा काम सम्पन्न हुन्छ”, अध्यक्ष शाक्यले भन्नुभयो, “अन्य निर्माण सम्पन्न गरी अहिले छानोमा झिँगटी लगाउने काम भइरहेको छ ।”

    उहाँका अनुसार आजदेखि दसैँ सुरु भएकाले केही कामदार घर जान्छन् यसअघि भएजस्तो सबै काम नियमित हुन सक्दैन तिहारअघि भने काम सम्पन्न गर्ने योजना छ । विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।

    पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend