आज विवाह बन्धनमा बाँधिदै निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया, यि यि कलाकारको हुने छ उपस्थिति — OSNepal

आज विवाह बन्धनमा बाँधिदै निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया, यि यि कलाकारको हुने छ उपस्थिति

LC (KTM) October 08, 2021 0

काठमाडौं निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल आज विवाह बन्धनमा बाँधिने भएका छन् ।केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच गत २१ भदौमा इन्गेजमेन्ट भएको थियो । यो जोडीले शुक्रबार विवाह गर्ने भएको छ । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले काठमाडौंस्थित तासिखेल इन्द्रायनीमा सुप्रियासँग लगनगाँठो कस्ने छन् ।

फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उनले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गर्दैछन् ।शुक्रबार विवाह गर्ने सुदर्शनले प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका हुन् ।

सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका थिए । सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर