हिरासतमा रहेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यनलाई कलाकारको एक पछि अर्को साथ ऋतिक रोशनले आर्यनको फोटो शेयर गर्दे लेखे मन छुने पत्र — OSNepal

हिरासतमा रहेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यनलाई कलाकारको एक पछि अर्को साथ ऋतिक रोशनले आर्यनको फोटो शेयर गर्दे लेखे मन छुने पत्र

LC (KTM) October 08, 2021 0

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान यतिबेला ड्रग्सको केसमा एनसीबीको हिरासतमा रहेका छन् । उनलाई शनिबार क्रुज पार्टीमा ड्रग्स सेवन गरिरहेको अवस्थामा एनसीबीको टोलीले पक्राउ गरेको थियो । उनी संगै अन्य आरोपीहरु पनि पक्राउ परेका छन् । छोरा आर्यन प्रहरी हिरासतमा पुगे पछि शाहरुख खान यतिबेला एकदमै तनावमा रहेका छन् । उनलाई यो मुश्किलको घडीमा बलिउडकर्मीहरुको साथ भने राम्रोे मिलेको छ ।

चर्चित सुपरस्टार सलमान खानले त शाहरुखको घरमै पुगेर यो मुश्किलको घडीमा म छु साथमा भन्ने कुरा दर्शाइ नै सकेका छन् । त्यस्तै अन्य बलिउडकर्मीहरुले पनि शाहरुख लाई सर्पाेट गरेका छन् । यसैक्रममा बलिउडका चलेका नायक ऋतिक रोशनले त झनै सामाजिक सञ्जाल मार्फ एउटा लामो पत्र नै आर्यनका लागि लेखेका छन् । उनको यो खुल्ला पत्र अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भईरहेको छ ।

ऋतिक रोशनले आर्यनको फोटो सेयर गर्दै उक्त खुल्ला पत्रमा लेखेका छन् प्रिय आर्यन । जीवन एउटा अनौठो यात्रा हो । हाम्रो जीवनमा केही कुरा पनि निश्चित छैन र अनिश्चित छ र यही नै यसको राम्रो पक्ष पनि हो । जीवनले कहिलेकाँही तपाईंको अगाडि निकै मुश्किल बल फ्याँक्ने गर्छ तर भगवान दयालु छन् । उनले सबैभन्दा बलिया व्यक्तिलाई नै सबैभन्दा मुश्किल बल खेल्न दिन्छन् । थाहा छ, तपाईंलाई त्यति बेला छनोट गरिन्छ जब तपाईं अराजकताका बीच यो दबाबलाई महसुस गरेर आफूलाई सम्हाल्न सक्नुहुन्छ ।

मलाई थाहा छ, यो तपाईंले महसुस गर्नुपर्छ । क्रोध, भ्रम, लाचारी, यी सबैले तपाईं भित्रको हिरोलाई बाहिर ल्याउनेछ । तर सावधान रहनुहोस्, यी सबै सामग्रीले नै एक असल व्यक्तिभित्रका दया, करुणा, प्रेमलाई मेटाउन पनि सक्छ ।’ उनको यो खुल्ला पत्रलाई भने अर्की बलिउड नायिका कंगनाले कडा प्रतिकार गरेकी छिन् । उनले आर्यन अब साँच्चिकै असल भएर निस्कनु पर्ने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर