• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

साफ च्याम्पियनसिप फुटबल : माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

साफ च्याम्पियनसिप फुटबल : माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • २:१५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.4K
    SHARES

    काठमाडौं,२२ असोज । बंगलादेशलाई पराजित गर्दै घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

    माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे । खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

    जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

    पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

    तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend