अमेरिकामा घटस्थापना संगै नेपालीहरुलाई दशैँ लाग्यो,नेपाली मन्दिर र सामुदायिक केन्द्रमा जमरा राखियो — OSNepal

अमेरिकामा घटस्थापना संगै नेपालीहरुलाई दशैँ लाग्यो,नेपाली मन्दिर र सामुदायिक केन्द्रमा जमरा राखियो

LC (KTM) October 08, 2021 0

विजय थापा । डिसी । अमेरिकामा दशैँको पहिलो दिन घटस्थापना संगै नेपालीहरुलाई दशैँ लागेको छ । अमेरिकामा सोमबार काम गर्ने दिन भएकोले बिदा लिएर भएता पनि बिहानै नेपाली मन्दिर र सामुदायिक केन्द्रका गुरु,पुरोहित पदाधिकारी सहित स्वयम् सेवकहरुले जमरा राखेका छन् ।साथै केही नेपालीहरुले आफ्नै घरमा दशैँको सुरु संगै जमरा राखेका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपाली सामुदायिक केन्द्र तथा मन्दिरहरुमा चहल पहल र साँझपख दर्शन गर्न पुगेका छ्न ।

गत बर्ष महामारीको कारण खल्लो रहेको दशैँ यस पटक अमेरिकामा निकै खुला हुने र मन्दिरहरु पनि भिड देखिएको छ । अमेरिका रहेका सम्भवत सबै नेपालीहरुले कोरोना बिरुद्ध खोप लगाई सकेको अवस्था छ।नेपालीहरुले स्थापना गरेका मन्दिर तथा हिन्दुहरुले स्थापना गरेका मन्दिरहरुमा पनि दर्शन गर्न खुला गरिएकोले यस पटक मानिसहरुको चहल पहल निकै हुने अनुमान गरिएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा मात्र रहेका अमेरिकन नेपाली सामुदायिक केन्द्र(न्याक) ,पशुपति बुद्ध मन्दिर मेरिल्याण्ड तथा हिन्दु बुद्ध मन्दिरमा पनि विधिवत विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिएको छ । न्याकले साँझपख भजनकृतन तथा आराधना पनि हरेक दिन संचालन गरि रहेको छ ।

त्यसै गरि क्यालिफोर्निया ,टेक्सस,बोस्टन ,केन्टकी लगायत थुप्रै राज्यहरुमा नेपालीहरुले मन्दिर तथा सामुदायिक केन्द्र स्थापना गरि सकेका छन् । भर्जिनियाको अमेरिकन नेपाली सामुदायिक केन्द्र(न्याक)समुदायलाई जामरा बितरण गर्ने भएको छ । बिहानै देखि केन्द्रमा सबै स्वयम्सेवक पुगेका थिए भने प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

त्यसै गरि बुद्ध हिन्दु मन्दिरमा पनि बिसेष कार्यक्रम गरिएको थियो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि अमेरिकामा पनि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । तर अमेरिकामा मन्दिर र सामुदायिक केन्द्रले विधिवत पूजा गरेका छन् ।

नेपालमा घटस्थापनाको साइत ११:४६ बजे रहेको थियो भने यता अलिक समय फरक परेको छ ।आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर