'द भ्वाइस अफ नेपाल'मा टप टेनसम्म यात्रा तय गरेका गायक कर्णराजले आमा लाई समर्पित गरे गीत — OSNepal

‘द भ्वाइस अफ नेपाल’मा टप टेनसम्म यात्रा तय गरेका गायक कर्णराजले आमा लाई समर्पित गरे गीत

LC (KTM) October 08, 2021 0

पछिल्लो समय रियालिटी शोमार्फत नवप्रवेशीले आफ्नो प्रतिभालाई सहजै दर्शकसमक्ष पुर्‍याउने गरेका छन् । यस्तै, एक उदाहरण हुन् कर्णराज गिरी ।संगीतमा आफ्नो भविष्य बनाउन मिहिनेत गरिरहेका कर्णलाई पछिल्लो समय ुद भ्वाइस अफ नेपालु गायन रियालिटी शोले पहिचान दिलाएको छ । टप टेनसम्म यात्रा तय गरेका कर्णले आफूले प्रस्तुत गरेको गीतहरूमार्फत दर्शकको मन जित्न सफल भए ।

यद्यपि उनको एउटा सपना भने अधूरै रह्यो । उनलाई गायन यात्रामा हौसला दिइरहेकी आमालाई उनले गुमाए । नेपाली सांगीतिक आकाशमा कर्णलाई देख्ने उनको आमाको सपना पूरा नहुँदै अन्त्य भयो । कर्णले आमा गुमाए । ुआमाको सपना पूरा गर्न म भ्वाइसको मञ्चमा पुगेको थिएँ । त्यो खुसीसमेत आमाले साट्न पाउनु भएन,ु कर्णले न्युज कारखानासँग भने । आमा विरामी रहँदा उनी प्रतियोगितामा सहभागी थिए ।

यसैले गर्दा आमालाई समर्पित गर्दै कर्णले गीत नै तयार पारे । उनले आमाको भावनालाई गीतमार्फत प्रस्तुत गरेको बताए । सार्वजनिक ुआमाु बोलको गीतमा कर्णको स्वर रहेको छ भने शब्द र संगीत किरण माइकलको छ । ुम आमालाई समर्पित गरेर गीत तयार गर्ने सोचमा थिएँ । एक म्युजिक सिटिङमा कुराकानीकै क्रममा गीत तयार भयो,ु कर्णले भने । उनले एक रातमा लगभग गीत तयार गरेको बताए । एरेन्ज साहस शाक्य, ब्याकग्राउन्ड स्कोर विनय कार्की र मिक्सिङ मास्टरिङ चन्द्र चौधरीको रहेको छ ।

म्युजिक भिडियोमा स्वयं गायक गिरीका साथै सरिताराज उपाध्याय, सन्तोष केसी, राज चाम्लिङ राई, सुनिल थापामगर र सुरेश कोहिलसहित बाल कालाकारमा प्रियंस कँडेलको अभिनय देख्न सकिन्छ । शशान कँडेलको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन, जिन्सोन क्षेत्रीको मेकअप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर